आरएसडिसी लघुबित्त वित्तिय संस्था, लि. बैंक तथा बित्तीय संस्था ऐन २०६३ र कम्पनी ऐन २०६३ अर्न्तगत स्थापित नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त “घ” वर्गको राष्ट्रिय स्तरको “थोक लघुकर्जा” प्रदायक वित्तीय संस्था हो । रुपन्देहीको बुटबलमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्था मिति २०६९ चैत्र १२ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई -दर्ता नं. ११०८१४/०६९/७०) मिति २०७० भाद्र १० गते देखि नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न अनुमती प्राप्त गरि यही २०७० भाद्र २६ गते बुधवार देखी आफ्नो कारोबारको शुभारम्भ गरेको छ । अधिकृत पुजी रु. २० करोड रहेको वित्तीय संस्थाको जारी पुजी रु. १० करोड र चुक्ता पुजी रु. ६ करोड रहेको छ । वित्तीय संस्थाको मुख्य प्रवर्दक ग्रामिण स्वालम्बन बिकास केन्द्रको २४.५४%, लुम्बिनी बैंक लि. को १२% तथा मुलुकका विभिन्न ४० जिल्लाबाट प्रतिनिधित्व गर्ने १७२ जना ब्यक्तिगत प्रवर्दकहरुको २३.४६% गरी संस्थापक/प्रवर्दकहरुको जम्मा ६०% लगानी रहेको छ भने बाँकी रहेको ४०% र्सवसाधारण लगानीकर्ताहरुको लागि छुट्टयाईएको छ ।